धनुषा । धनुषामा ८ दिनदेखि बेपत्ता एक युवती मृत भेटिएकी छन् । क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा भेटिएको हो ।
बेपत्ता भएदेखि खोजी जारी गरिएपनि यादवको शव गएराति मिथिला नगरपालिका ५ स्थित औरही सामुदायिक वनमा प्रहरीले फेला पारेको हो ।
उनको शव भेटिएपछि हत्याको आशंकामा प्रहरीले श्रीमानलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।




