काठमाडौं । संघिय संसद भवन भित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । दोलखा घर भएका जवान अजित गोलेले शौचालयमा गएर आफैलाई गोली हानेका हुन् । गोले संसद भवनको स्पेसल टास्क फोर्समा कार्यरत थिए ।
२२ वर्षिय गोले संसद भवनको दुई नम्बर गेटमा ड्युटीमा थिए । उनले बिहान करिब ८ बजे ड्युटी मै रहेको बेला आफैले बोकेको हतियारले दुई नम्बर गेट नजिकै रहेको सौचालयमा गोली हानी आत्महत्या गरेका हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




