काठमाडौं । नागार्जुनमा बाढीले कार बगाउँदा चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका ६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा आएको बाढीले शुक्रबार बिहान कार बगाएको हो ।
कल्भर्टमा आएको बाढीले कार बगाएर सडकबाट तल झार्दा चालक नागार्जुन नगरपालिका ६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार शुक्रबार बिहान करिब साढे २ बजे बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेको थियो ।
दुर्घटना भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले चालकलाई बिहान साढे ५ बजे उद्धार गरेको थियो । उद्धारपश्चात चालकलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।




