बारा । बारामा ईट्टा उद्योगको खाल्टोमा डुबेर ६ वर्षीया बालिकाको ज्यान गएको छ । कलैया उपमहानगरपालिका ९ रामपुर बस्ने विजय साहकी छोरी ६ वर्षीया संजना कुमारी साहको ज्यान गएको हो ।
विजय साहकी छोरीको लक्की ईट्टा उद्योगको खाल्टोको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




