धनुषा । धनुषाको जनता नमूना माध्यमिक विद्यालय गिद्धाबेला पट्टीमा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । आधारभूत तथा माध्यमिक तहमा हाजिरी जवाफ प्रतियोगिता एकै पटक सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलले जानकारी दिए ।
शुक्रबार प्रधानाध्यापक संघ नेपाल धनुषाको आयोजनामा भएको सो प्रतियोगितामा माध्यमिक तहमा १७ र आधारभूत तहमा २२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा माध्यमिक तहमा नमूना मा.वि. गिद्धा बेलापट्टीले प्रथम, मा.वि. बनर झुला द्वितीय, मा.वि. पराबाहा तृतीय र मा.वि. नगराइनले सान्त्वना पुरस्कार प्राप्त गरेको जानकारी प्रअ मण्डलले दिए ।
त्यसैगरी आधारभूत तहमा मा.वि. बनर झुला प्रथम, नमूना मा.वि. गिद्धा बेलापाट्टी द्वितीय, आधारभूत विद्यालय कठाल तृतीय र आधारभूत विद्यालय मुखियापट्टी सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
जिल्ला भरीको विद्यालयहरूमा गुणस्तरिय शिक्षा तथा सिकाईको उपलब्धि बढाउनको लागि स्वास्थ्य प्रतिस्पर्धात्मक शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले अतिरिक्त कृयाकलापको आयोजनालाई निरन्तरता दिने जमर्को गरेको संघका अध्यक्ष समेत रहेका प्रअ मण्डलले बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख (जिल्ला शिक्षा अधिकारी) चेत कुमार पोखरेल, शिक्षक अभिभावक संघको अध्यक्ष उत्तिम लाल मण्डलसहितका अतिथिहरुको सहभागिता रहेको थियो ।




