वीरगंज । कारागारमा शनिबार एक जना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ । सुधारगृहको भान्साघरमा कार्यरत वीरगंज महानगरपालिका ११ श्रीपुर निवासी अनिल महतो नुनियाको करेन्ट लागेर मृत्यु भएको सुधारगृह प्रशासनले जनाएको छ ।
शनिबार बिहान पानी परिरहेको अवस्थामा नुनिया भान्साघरको कामको लागि चापाकलमा गएका थिए र चापाकलमा मोटर जडान गरिएको हुँदा सोबाट करेन्ट प्रवाह भएर मृत्यु भएको सुधारगृह प्रशासनले जनाएको छ ।
मृतक नुनिया जबरजस्ती करणी मुद्दामा विगत ६ वर्षदेखि सुधारगृहमा सजाय भोग्दै थिए । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




