एजेन्सी । सीताको २२ जुन अर्थात असार ८ गते विवाह भयो । विवाह धुमधाम तरिकाले सम्पन्न भयो । विवाह अगाडी सीताका पतिले उनलाई अनेक सपना देखाएका थिए । तर विवाहको २ दिन पछि सीता प्रहरी चौकी जान बाध्य भइन् ।
उनले प्रहरीकोमा उजुरी दिदै उनले भनिन् “म माथि सामूहीक बलात्कार भयो ।” विवाहको २ दिन पछि उनले आफूमाथि सामूहीक बलात्कार र शोषण भएको बताएकी थिइन् । उनले उजुरी दिए पछि प्रहरीले अनुसन्धान शुरु गर्यो ।
साथै विवाहकै दिन पनि बेहुलाको परिवारले दाहिजो नल्याएको भन्दै अमानविय व्यवहार गरेका थिए । घटना भारतको बदायूंको हो । सीताका अनुसार उनको श्रीमानसहित ७ जनाले उनको बलात्कार गरेका थिए ।
सामूहिक बलात्कार पछि उनको श्रीमानले फेरि तातो चिम्टाले प्राइभेट पार्टमा डामदिएका थिए । यो सबै कुकर्म गर्नका श्रीमानलाई उनको नन्द र जेठानीले सघाएका थिए । पीडितका अनुसार उनलाई पछि कोकमा विष घोलेर खानपनि दिएका थिए ।
तर उनले त्यो फ्याली दिएको प्रहरीलाई उजुरु दिँदा बताएकी छिन् । सीताको परिवारले पनि प्रहरीकोमा दोषीलाई कडा कारवाहीको माग गरेका छन् । बदायूं प्रहरीले सीताका श्रीमानलाई पक्राउ गरि अनुसन्धान बढाएको छ ।






