काठमाडौं । मकवानपुरमा बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १८ कि १० वर्षीया रसमती बललाई बरौली खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
उनी खेतमा गएकी र बाढी आएको हेर्न जाँदा खोलाले बगाएको प्रहरीको भनाइ छ । उनको शव घटनास्थलबाट आधा किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ । उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ ।




