सिरहा । जल तथा मौसम विज्ञान विभागले सिरहा र सप्तरीका नदी खोली छेउछाउका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक सन्देश जारी गर्दै दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण यहाँका ठूला तथा साना नदीमा आकस्मिक रूपमा बाढी आउन सक्ने विभागले जनाएको छ । सिरहाको कमला र सप्तरीको रूपनी, कल्याणपुर छेउछाउका बस्तीहरू डुबानमा परेको र अझै भारी वर्षा हुन सक्ने विभागको अनुमान छ ।




