वीरगंज । पर्साको बिन्दवासीनी गाउँपालिका ५ प्रसौनि बस्ने आलिम मियाकी छोरी १० वर्षीया साजिदा खातुनको सोही ठाउँ स्थित भुतहा खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




