सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोला छेउ पानी जमेको जग्गामा डुबेर एक बालिकाको निधन भएको छ । ईश्वरपुर नगरपालिका ५ बस्ने सन्तोष पाण्डेकी छोरी १२ वर्षीया कोनिसा पाण्डेको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




