एजेन्सी । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए ।
विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै, इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए ।योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ ।
स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै इङल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ ।




