वीरगंज । पर्सामा सर्पदंशबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगरनाथपुर गापा ७ इमिली टोलाका मोजामिल मियाँका पाँच वर्षीय छोरा इरशाद आलम र वीरगंज २७ उदयपुरघुर्मीका चन्देश्वर यादवकी २५ वर्षीया पत्नी प्रमिला देवी रहेका छन् ।
आलमलाई मंगलबार बिहान ७ बजे विषालु सर्पले टोक्दा उनी सिकिस्त भएपछि उपचारको लागि वीरगंज ल्याउँदै गर्दा बाटोमैं मृत्यु भएको थियो भने प्रमिलालाई सोमबार बिहान ११ बजे घरमा सुतिरहेको बेला विषालु सर्पले टोक्दा उनको मृत्यु भएको हो ।
घरमा एक्लै सुतिरहेको बेला सर्पले टोक्दा दिउँसो २ बजे उनी नउठेपछि आफन्तले उपचार गराउन वीरगंज ल्याउँदा प्रमिलाको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।




