सर्लाही । सर्लाहीमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका ६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
सोही ठाउँस्थित आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बयलबासमा उपचारको क्रममा मृत्यु भएको हो ।




