सिरहा । सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमतोमा योजनाको काम समपन्न नै नगरि भुक्तानिको लागि कार्य सम्पन्नको सिफारिस गरिएको पाइएको छ । जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सकलदेब यादवले सडकबत्ती जडान, सिसिटिभि क्यामेरा जडानको काम सम्पन्न नै नगरी कार्य सम्पन्नको सिफारिस गरिएको पाइएको हो ।
आर्थिक वर्ष २०८०/८१ को वडा स्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडा अध्यक्ष यादवले १ सय ६० थान सडकबत्ती खरिद तथा जडान कार्यको लागी १० लाख रुपैयाँ बिनियोजन गरिएको थियो । असार मसान्तमा रकम हिनामिना गर्नकै लागि थ्री ब्रदर्श धनगढिमाईसँग २० प्रतिशत कमिशनमा कोटेसन मार्फत काम गराएको एक व्यवसायीले नै बताए । यो मात्र होइन अरुपनि योजनाहरु सम्पन्न नगरी उनले कार्य सम्पन्नताको सिफारिस दिनुले पनि वडा अध्यक्ष र व्यवसायीविच आर्थिक सेटिङको पुष्टि हुन्छ ।
वडा अध्यक्ष यादवले कमिशनकै लागि अन्तिम समयमा योजना संशोधन गरी कोटेशनमा काम गराएको वडा नम्बर ४ का रविन्द्र साहले बताए । उनले भने, ‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरुलाई कमिशनकै लागि टुक्रा टुक्रा बनाएर कोटेशनमा दिएको हो । यो समान्य मानिसले पनि त्यसै भन्न सक्छ ।’
काम सम्पन्न नगरी व्यवसायीसँगको मिलेमत्तोमा भुक्तानीको लागि कार्य सम्पन्नताको सिफारिस दिनु गैर कानुनी भएको कर्मचारीहरु बताउँछन् । सडक मर्मत, डष्टविन गरिद, कन्टेनर ट्रलि खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरुमा कोटेशन लगाइएको छ । कोटेशनमै लगाएका कामहरु पनि धेरै सम्पन्न भइ नसक्दै उनले भुक्तानीको लागि कार्य सम्पन्नको सिफारिस गरेको बताइन्छ । तर, वडा अध्यक्ष यादवले काम सम्पन्न भएपनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोखेका थिए ।
यता, सडक बत्तिको काम सम्पन्नताको कामको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले जनाए । प्रमुख केसीले वडा अध्यक्षले असार २४ गते फायल लिएर आउनु भएको सुनेको थिएँ, तर भुक्तानीको विषयमा मैले पनि बुझ्नु पर्ने बताए ।
काम सम्पन नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छरु भनी जिज्ञासा राख्दा प्रमुख प्राशासकीय अधिकृत केसिले कार्य सम्पन्न नै नगरी कार्य सम्पन्नताको सिफारिस दिनु नै गैर कानुनी हो । वडाले सिफरिस गरेको छ भन्ने वडा अध्यक्षले कानुनको खिल्ली उडाएको हो ।’
वडाले १० लाखको लागतमा १६० थान सडक बत्ति जडान गर्ने भनी योजना विनियोजन गरिएको ४ नम्बरका वडा अध्यक्ष सकलदेव यादवले जनाए । उनले, ‘काम छिटो सकाउन उपभोक्ता समिति गठन नगरेर कोटेसन मार्फत नै गराएपनि समयमा काम हुन नसकेको स्विकार गरेका छन् । काम अहिलेपनि जारी नै छ । ठेक्केदारलाई छिटै सकाउन भनेको छु ।’
काम सम्पन्न नै नगरी रकम निकासा गरिएको बारे जिज्ञासा राख्दाँ वडा अध्यक्ष यादवले रकम निकासा नभएको दावी गरे । उनले, ‘रकम निकासा गरिएको छैन । समयमा कार्य सम्पन्न नभएकोले कार्य सम्पन्नता सिफरिस गरी फाईल १८ नम्बरमा राखिएको उनको जिकिर छ ।’
असार मसान्तमा ९० प्रतिशत कार्य सम्पन्न भैइसकेको योजनाको फाईल १८ नम्बरमा जाने गरेको जानकारहरु बताउँछन् । तर, काम नै नगरेको फाइल भुक्तानीको लागि कार्य सम्पन्नताको सिफारिस गर्नु नै कानुनलाई लत्याउनु सरह भएको उनीहरुको भनाई छ । न्युज कारखाना





