वीरगंज । ठोरी गाउँपालिका १ मा सर्पदंशबाट एक जना बालिकाको मृत्यु भएको छ । ठोरीसँगै सिमाना जोडिएको माडी नगरपालिका ९ हनुमान झुलाकी बालिकाको सर्पले टोकेपछि मृत्यु भएको हो ।
ठोरी गापामा बस्दै आएका विजय थिङको ७ वर्षीया छोरी एलिसा थिङलाई बिहिबार बिहान सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारको लागि वीरगंज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।




