रौतहट । रौतहटमा पंखाको नाङ्गो तारमा छुन पुग्दा एक बालकको मृत्यु भएको छ । माधवनारायण नगरपालिका ३ सखुअवा बस्ने कृष्ण यादवको छोरा २ वर्ष ६ महिनाको डंका यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको हो ।
आफ्नै घरमा पंखा चलाउनको लागि जोडिएको नाङ्गो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




