बारा । सिम्रौनगढ नगरपालिका ६ अमरपुर बस्ने २५ वर्षीय दिपक जैसवालको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको धर्मलाल पोली क्लिनिक सिम्रौनगढमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बारा, पचरौता नगरपालिका ८ बजोपट्टी बस्ने ३५ वर्षीय राकेश पण्डितको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




