बारा । बाराको सिम्रौनगढ नगरपालिका ६ अमरपुरमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ६ का वडाध्यक्ष नन्दकिशोरप्रसाद जयसवालका कान्छा छोरा १९ वर्षीय दीपककुमार जयसवालको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार राति ७ बजे सिंचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए । उनको स्थानीय क्लिनिकमा उपचार गर्ने क्रममा मृत्यु भएको हो । प्रहरीले शव नियन्त्रणमा लिई शल्य परीक्षणको लागि कलैया लगेको छ ।




