वीरगंज । पर्सागढी नगरपालिका ९ बडेर्वा गाउँबाट सालको काठसहित दुई मोटरसाइकल बरामद भएको छ । वन गस्ती टोलीले तीन थान सालको काठसहित दुई वटा मोटरसाइकल गएराति बरामद गरेको हो ।
काठ तस्करहरूले विन्ध्यवासिनी कोइलाभार साझेदारी वन क्षेत्रको गुलरियाबाट सालको रूख कटान गरी ना २ प ५७८ र ना ७ प ९८८४ नम्बरका दुई वटा मोटरसाइकलमा तीन थान काँचो सालको काठ (करिव १२ क्युफिट) लोड गरी डोकैला बहुअरीतर्फ लग्दै गरेको अवस्थामा सवडिभिजन वन कार्यालय, बडनिहारका जमदार जीतबहादुर तामाड्ढो कमान्डमा खटेको वनगस्ती टोलीले बरामद गरेको हो ।
सो क्रममा काठ तस्कर र वनकर्मी बीच झडप हुँदा तस्करहरू काठ र मोटरसाइकल छाडी भागेका थिए । फरार तस्करहरूको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको जमदार तामाङले बताए । काठ र मोटरसाइकललाई सवडिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ ।




