काठमाडौं । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित सबैभन्दा बढी ९७९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २१ स्वर्ण, १८ रजत र १४ कास्यसहित कुल ५३ पदक हात पारेको छ ।
यस्तै फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्य पदकसहित कुल ४८ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र ८ कास्यसहित ३३ पदक जितेको छ ।
त्यसैगरी पाँचौ स्थानमा रहेको बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कास्यसहित कुल ४२ पदक जितेको छ । पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ कास्यसहित कुल २६ पदक जितेको छ । जापानले १० स्वर्ण, ५ रजत र ११ कास्यसहित २६ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको इटालीले ९ स्वर्ण, १० रजत र ६ कास्यसहित कुल २५ पदक जितेको छ भने नेदरल्यान्डसले ७ स्वर्ण, ५ रजत र ५ कास्यसहित कुल १७ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले ७ स्वर्ण, ५ रजत र ४ कास्यसहित कुल १६ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।




