रौतहट । रौतहटमा अचानक चिप्लीएर नहरमा डुबेका एक जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका ९ नजरपुर बस्ने ९२ वर्षीय कुल प्रसाद घिमिरेको सोही ठाउँस्थित नजरपुर नहरमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।
घिमिरे नहरको डिलबाट अचानक चिप्लीएर नहरमा डुबेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




