काठमाडौं । लमजुङमा बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट क्षति भएको विवरण आएको छैन । यसअघि सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको थियो ।






