रौतहट । रौतहटमा करेन्ट लागेर १९ वर्षीय युवाको मृत्यु भएको छ । देवाहीगोनाही नगरपालिका ७ उचडिह बस्ने १९ वर्षीय गजेन्द्र कुमार कुशवाहाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
सोही ठाउँस्थित बन्दै गरेको घरमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुर्या अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




