धनुषा । धनुषामा खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका ९ स्थित जलाद खोलामा नुहाउने क्रममा डुबेर २ बालिकाको मृत्यु भएको हो ।
नथुनी यादवकी छोरी ९ वर्षीया स्मृती कुमारी यादव र सोही ठाउँ मामाघरमा बस्दै आएकी लक्ष्मिनिया गाउँपालिका ३ कुम्रौरा घर भएका दिनेश यादवकी छोरी १० वर्षीया सन्ध्या कुमारी यादवको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




