रौतहट । ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौंको आर्थिक सहयोग गौरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रको एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएको छ ।
ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौंको आर्थिक सहयोग २ करोड ४० लाख ३० हजार रुपैयाँको लागतमा बन्न लागेको सो तीन तत्ले भवनको गौर नगर प्रमुख शम्भु साहले कृषि तथा पशु सेवा केन्द्रको एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरेका हुन् ।
सो कृषि प्रयोगशालाबाट माटो परिक्षण, पोखरीको पानीको परिक्षण, विउको परिक्षण, बाली तथा फलफूलमा लाग्ने रोग किराको परिक्षण, मलखाद परिक्षण हुनेछ ।
पशु प्रयोगशालाबाट गोबर परिक्षण, पशुको रगत तथा पिसाब परिक्षण पशुको शल्यक्रिया, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउन्ड, एक्स(रे लगायतका काम हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताए ।
सो भवन निर्माणका ठेक्का सम्झौता सिएम कन्ट्रकसन जोरपाटी काठमाडौंले पाएको छ । सो भवनका लागि २ करोड ३० लाख ४० हजार रुपैयाँको सम्झौता गरिएको हो ।
सो प्रयोगशाला भवनमा कोठा संख्या १० रहेकोमा २०८२ साल बैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ । उक्त भवनको भुई तत्लामा कृषि र पशुको अत्याधुनिक ल्याव, पहिलो तत्लामा ५० जना अट्ने सभाकक्ष र दोस्रो तत्लामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए ।




