धरान । धरान उपमहानगरपालिका ३ स्थित माछाभौडिमा बहिनीजुवाइँको छुरा प्रहारबाट १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् । खाँदबारी नगरपालिका २, संखुवासभाका ३३ वर्षीय बबिन बरालले घरायसी विवादका कारण जेठीसासू सिर्जना राई (शाही) र उनकी छोरी युजिना शाहीमाथि आक्रमण गरेका थिए ।
आमालाई बचाउन जाँदा युजिनाले घातक प्रहारको सामना गर्नुपर्यो, जसले उनको मृत्यु भयो । आक्रमणपछि बरालले घटनास्थलबाट भागेपनि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको छ । घाइते सिर्जना राईलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीका अनुसार घटनास्थलबाट आक्रमणमा प्रयोग गरिएको छुरा बरामद भएको छ । बरालमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।




