एजेन्सी । भारतको उत्तर प्रदेशको योगी आदित्यनाथको सरकारले जनसंख्या नियन्त्रणको कानुन तयार गरेको छ । उक्त कानुनका अनुसार दुईभन्दा बढी सन्तान जन्माउने आमाबुबालाई सरकारी जागिर नदिने व्यवस्था गरिएको छ ।
कानुन पास भएर जारी भएमा दुईभन्दा बढी सन्तान जन्माउने आमाबुबाले सरकारी जागिर पाउने छैनन् । यो कानुन २१ वर्षभन्दा माथिको युवक र १८ वर्षभन्दा माथिकी युवतीमाथि लागु हुनेछ ।






