झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको केही समयपछि छिमेकी पुरुषले पनि आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका ६ लक्ष्मी टोलकी २४ वर्षीया नम्रता पाठकले शुक्रबार बिहान कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गर्दै आत्महत्या गरेकी थिइन् ।
प्रहरीका अनुसार, नम्रता पाठकले पूजा कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । बिहान साढे ९ बजे घरको ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परिन् । यो घटना भएको केही समयपछि ढुङ्गेलले पनि आफ्नै घरमा, श्रीमती र छोरी नभएको बेला झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।
प्रहरीले नम्रता पाठकले ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेको पुष्टि गरेको छ । घटनामा उनीहरूबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरिएको छ । दुवैको शवलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।




