सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ स्थित सडक बीचमै भ्वाङ परेको छ । लालबन्दी ७ स्थित भित्री सडकमा महिनौँदेखि बीच सडकमै भ्वाङ परेपनि मर्मत गर्न कसैले चासो देखाएका छैनन् ।

सडकमा परेको भ्वाङ नटाल्दा जुनसुकै बेला दुर्घटना हुने जोखिम बढेको छ । केही महिनाअघि पनि यही ठाउँमा यसैगरी भ्वाङ परेको थियो । स्थानीय भन्छन्- ‘कतिखेर खाल्डोमा परिने हो, जोगिएर यात्रा गर्नुपर्ने अवस्था छ ।’
यस्तै सम्भावित दुर्घनाबाट जोगाउन सडक मर्मत गर्नुपर्ने भन्दै स्थानीयले सरोकारवालालाई आग्रह गरेका छन् । सडकको बीच भागमै यस्तो हुँदा पैदलयात्री लड्ने र सवारीसाधन दुर्घटना हुने जोखिम बढेको छ । तस्बिर : सर्लाही न्युज




