बारा । कोल्हबी नगरपालिका २ मा एक जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार, यो हात्ती स्थानीय रमेश जिसीको धान खेतमा फेला परेको हो ।
हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा भेटिएको छ, जसले यसले करेन्ट लगाएर मरेको संकेत गर्दछ । यसअघि, २०८० फागुनमा सोही क्षेत्रमा करिब तीन वर्षको पोथी बाघ पनि मृत अवस्थामा फेला परेको थियो ।




