वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका १९ बाट जाँदै गरेको एक मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको छ । ट्रकमा लोड गरिएको सामानको मूल्य एक करोड ४२ लाख एक हजार ७९२ रुपैयाँ रहेको छ ।
ना ५ ख १६७ नम्बरको उक्त ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको थियो, र बिलबिजकभन्दा बढी सामान लोड गरिएको आशंका गरिएको छ ।
प्रहरीले आवश्यक कारबाहीको लागि ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ, पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।




