जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आज बिहान करिब ३ बजेतिर हिरासत कक्षको भेन्टिलेसन फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
हिरासत कक्षमा रहेका ९ जना थुनुवा भेन्टिलेसन फोडेर निस्किएका थिए । जसमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएका सबै थुनुवाहरु लागूऔषध र चोरी मुद्दाका अभियुक्त थिए । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।





