चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ । सडक दबेको कारण ठूला सवारी साधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाँउमा एउटा गाडी पल्टिएको छ ।
भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकोले उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । लगातारको वर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।




