काठमाडौं । सप्तरी र सुनसरी जोड्ने तथा भारतको बिहार राज्यलाई पनि छुने सप्तकोशी नदीमा पानीको बहावले उच्च खतराको संकेत दिएपछि सबै ५६ ढोका खोलिएका छन् ।
कोशी ब्यारेज प्रशासनले दिएको जानकारी अनुसार शनिबार बिहानसम्म ४ लाख १९ हजार क्यूसेक भन्दा बढी पानी भएको छ । यो बढी रहेको अवस्थामा रहेको छ ।
यसअघि भारतको बिहार राज्यको जल संशाधन विभागले पनि यहि खतरा बारे पूर्वचेतावनी दिएको थियो । उसले शनिबार दिउँसोसम्म कोशीमा ७ लाख क्यूसेक पानीको बहाब पुग्न सक्ने पूर्वचेतावी दिएको थियो ।




