फिदिम । लगातारको वर्षाका कारण पहिरोले घर पुरिँदा पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा आमा र छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोले गएराति २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको ज्यान गएको हो ।
दुबैको घटनास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । उनीहरू फिदिम ४ मा डेरा लिएर बसिरहेका थिए । साथीको घरमा सुत्न गएका बेला पहिरोले उनीहरूलाई पुरेको जनाइएको छ ।
तीन जना भने पहिरोबाट जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । साथै, पहिरोले आदिवासी जनजाति महासंघको भवन पनि क्षति पुर्याएको छ ।




