काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका अन्तर्गत नौबिसेमा पहिरो खस्दा एउटा बस र दुई वटा साना सवारी साधन पुरिएका छन् । धादिङ जिल्ला प्रहरीका अनुसार पहिरोले तीन वटा सवारीसाधन पुरिएको भए पनि कुनै मानवीय क्षति भएको छैन ।
स्थानीय प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ । पहिरो खस्नुअघि नै बस र अन्य दुई सवारीमा रहेका यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्किएका थिए ।




