काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय मनोहरा र बागमती नदीमा आएको बाढीका कारण डुबानमा परेको छ । साथै, एन्फा खेल मैदान पनि बाढीले डुबेको छ ।

मनोहरा नदीको बाढीले वरपरका घरहरूलाई पनि प्रभावित बनाएको छ । बाढीले सडक, घर र कार्यालयभित्र पानी पसेपछि त्यहाँका मानिसहरूले जान पाएका छैनन् ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र हनुमन्ते नदीमा पानीको बहाव अत्यधिक बढेको छ, जसले स्थानीय जनजीवनमा थप चुनौती खडा गरेको छ ।






