काठमाडौं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ । यो माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन ।
माइक्रोबाट तीन जनाको शव बाहिर निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो । यसअघि पुरिएको अवस्थामा बस भेटिएको थियो ।
शुक्रबार गोरखाबाट काठमाडौंका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौंका लागि हिडेको माइक्रो बस अहिलेसम्म सम्पर्कविहिन भएको बताइएको थियो ।
यसअघि बुटवलबाट आएको विंगर शनिबार पुरिएको अवस्थामा भेटिएको थियो । सो विंगरमा रहेका १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।




