सप्तरी । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा परेका छन् । नगरपालिका १ बैरवामा २८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब सात सय घर डुबानमा परेका छन् ।
वर्षाले धेरै घरहरूमा क्षति पुर्याएको छ । स्थानीय बस्तीहरू, जस्तै सरदार, खङ्ग, राम, मुस्लिम तथा यादव टोलहरू डुबानमा परेका छन् । यस्तै, कञ्चनरुप नगरपालिका २ स्थित यादव र मुस्लिम बस्तीका करिब सय बिघा धानबाली नष्ट भएको छ । त्यहाँ करिब तीन सयभन्दा बढी घरमा पानी पसेको छ ।
यी क्षेत्रमा कोशी नदी, सुन्दरी खोला र मोहुली नदीमा आएको बाढीको असर परेको बताइएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालय पनि डुबानमा परेको छ, जसले गर्दा दैनिक कामकाज प्रभावित भएको छ ।




