वीरगञ्ज । वीरगञ्जको सरिसवा नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको शव फेला परेको छ । बारा जिल्लाको प्रसौनी गाउँपालिका २ निवासी १६ वर्षीया राधिकाकुमारी दासले आइतबार नदीमा हाम फालेकी थिइन् ।
उनको शव मंगलबार बिहान रानीघाट क्षेत्रमा नदीको किनारमा भेटिएको पर्सा जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिएका छन् । किशोरीले किन हाम फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको भारतीले बताए ।
गत आइतबार बिहान पुलबाट नदीमा हाम फालेपछि उनी बाढीमा बेपत्ता भएकी थिइन् । लगातार खोजी कार्य जारी रहेपनि आइतबार र सोमबार उनी भेटिन सकेकी थिइनन् । अन्ततः मंगलबार बिहान सशस्त्र प्रहरीको टोलीले उनको शव फेला पारेको हो ।




