रौतहट । रौतहट कटहरिया नगरपालिका १ भसेढवा स्थित लालबकैया नदी किनारमा एक युवकको शव फेला परेको छ । शवको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको हो ।
शुक्रबार साँझ सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा वेश जंगलशैया र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले उक्त शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।
एसपी हुमागाईँका अनुसार शवको प्रकृति हेर्दा केही दिन अघि नदीमा आएको बाढीले कतैबाट बगाएर ल्याएको हुन सक्ने बताए । यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




