रौतहट । रौतहटमा करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ । मंगलबार दिउँसो करेन्ट लागेर परोहा नगरपालिका ७ बस्ने ३५ वर्षकी उर्मिलादेवी साह र उनका छोरा १७ वर्षका अर्जित साहको मृत्यु भएको हो ।
धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमाछोरालाई करेन्ट लागेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए ।
करेन्ट लागेका दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले साँझ साढे ५ बजे मृत घोषित गरेको रायले बताए । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।




