सिमरा । आइतबार साँझ मेला हेर्न घरबाट निस्किएका वीरगन्जका एक व्यक्तिको शव बाराको फेटा गाउँपालिका १ स्थित गण्डक नहरमा फेला परेको छ । वीरगन्ज महानगरपालिका ३ छपकैयाका करिव २६ वर्षीय वीरेन्द्र साह सोनारको शव बिहिबार बिहान गण्डक नहरमा भेटिएको हो ।
स्थानीयहरूले नहरको छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वीरेन्द्र आइतबार घरबाट निस्किएपछि घर नफर्किएपछि उनको खोजी भइरहेको थियो । बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार वीरेन्द्र मेला हेर्न चार दिनअघि मुसर्वा गएका थिए ।
वीरेन्द्रसँगै उनका घरमा बस्ने विजय गुप्ता कलवार पनि मेलामा गएका थिए, तर उनी पनि हालसम्म सम्पर्कविहीन छन् । प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सापकोटाले घटना बारे अनुसन्धान भइरहेको र कलवारको खोजी जारी रहेको जानकारी दिएका छन् ।




