रौतहट । रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल सञ्चालन गरिरहेकी २४ वर्षीया रिङकु देवी सहनीको करेन्ट लागेर ज्यान गएको हो । उनी माधवनारायण नगरपालिका ९ निवासी विजय सहनीकी श्रीमती हुन् ।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार रिङकु देवी ठेला ल्याउने क्रममा मेलामा जडान गरिएको विद्युतीय तारमा छोएर करेन्ट लागी घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । प्रहरीले शवको पोष्टमार्टम गरी घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।




