रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा प्रहरीले एकनाले बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका ८ बस्तिपुर गाउँ नजिकै गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार टोलीलाई देखेर एक अपरिचित व्यक्तिले आफ्नो साथमा रहेको एकनाले बन्दुक बाटो छेउमा फालेर भागेका थिए । गस्ती टोलीले बन्दुक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रपुरमा सुरक्षित रूपमा राखेको छ ।
यस बारे रौतहटका प्रहरी प्रवक्ता तथा डिएसपी दीपक कुमार रायले जानकारी दिएका हुन् । फरार व्यक्तिको पहिचान र खोजी जारी रहेको प्रवक्ता रायले बताए ।




