काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि जितेको हो । नेपाल भने फेरि उपविजेतामा सिमित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । २०२२ मा पनि नेपाललाई नै हराएर बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।






