काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका ५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका घर भई तनहुँको व्यास नगरपालिका २ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विकास पासवानका अनुसार बागमती प्रदेश २-०२-००३ प ९९४२ नम्बरको मोटरसाइकल नालामा खसेको अवस्थामा फेला पारेको बताए । मोटरसाइकल राति नै नालामा खसेको प्रहरीको अनुमान छ । आइतबार बिहान स्थानीयले साहलाई मृत अवस्थामा फेला पारेका थिए ।
साहको साथमा रहेको परिचयपत्रमा व्यास नगरपालिका १ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बीबीए तेस्रो वर्षमा अध्ययरत रहेको उल्लेख भएको पासवानले जानकारी दिए । घटनाको विस्तृत विरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






