सर्लाही । सर्लाहीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । लालबन्दी नगरपालिका १ का ७२ वर्षीय छत्र बहादुर कार्की घाँस झार्न इपिलको रुखमा चढेका बेला लडेर गम्भीर घाइते भएका थिए ।
उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




