धनुषा । मिथिला नगरपालिका वडा नं. १ मा सिँचाइ प्रयोजनका लागि जडान गरिएको ट्रान्सफर्मर राति चोरी भएको छ । स्थानीय किसानहरूले खेत सिँचाइका लागि प्रयोग गर्ने ट्रान्सफर्मर हराएपछि चिन्ता व्यक्त गरेका छन् ।
चोरीको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ भने सुरक्षाको कमजोर व्यवस्थापन प्रति असन्तोष बढेको छ । केही स्थानीयले व्यंग्यात्मक रूपमा यस्तो सुरक्षा अवस्थाले महेन्द्रनगरको पुल समेत चोरी हुन सक्ने भन्दै गुनासो गरेका छन् ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रयासरत रहेको जानकारी दिएको छ । यस घटनाले गाउँमा सिँचाइको काम प्रभावित भएको र किसानहरू थप समस्यामा परेका छन् ।
स्थानिय तहका प्रतिनिधिहरूले यस्तो घटनाले सिँचाइ र अन्य विकासे पूर्वाधारहरूको सुरक्षा व्यवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।




